भैरहवा, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमै गएर ५ नम्बर प्रदेशको सीमाकंनमा हेरफेर नहुने बताएका छन् ।
संविधानको दोस्रो संशोधनमा पाच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु ह्टाउन लागिएको भन्दै एमाले नेताहरुले त्यसको विरोध गर्दै आएका छन् ।
उनले अंगिकृत नागरिकतावालाई संवैधानिक अंगको प्रमुख बनाउने कुरा पनि कसैलाई स्वीकार्य नहुने बताए ।