इन्द्रणी संवाददाता
तुलसीपुर, ४ मंसिर । तुलसीपुरमा स्थापना भएको रेडियो एसटिएन १०६.४ मेघाहर्जले भोलिदेखि औपचारिक प्रशारण सुरु गर्ने भएको छ । स्थापना भएको ४ महिनापछि रेडियोले औपचारिक प्रशारण सुरु गर्ने भएको हो । रेडियोको उदघाटन आइतवार दिउँसो १ वजे नेपाल प्रेस काउसिलका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले गर्नुहुने भएको छ ।
रेडियोका प्रबन्ध निर्देशक दुर्गाप्रसाद गिरिले रेडियोले औपचारिक प्रशारण सुरु गर्न लागेको जानकारी दिनु भयो । उहाले प्रालीले विगतका केहि वर्ष देखि दाङमा टेलिभिजन (एसटिएन च्यालन ) सञ्चालन गर्दे आएको र यस वर्ष देखि रेडियो समेत थप गरि सञ्चालन लाई औपचारिक प्रशारणको तयारीमा रहेको वताए ।