इन्द्रेणी संवाददाता
घोराही, ४ मंसिर । अनलाइनको माध्यमबाट आर्थिक कारोवार गर्ने उदेश्यले सञ्चालनमा आएको राप्ती कारोवार अनलाइनको आज उद्घाटन गरिएको छ । राप्ती कारोवार प्रालिमार्फत सञ्चालनमा आएको अनलाइनको उद्घाटन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले गरेका हुन् ।
कार्यक्रममा विशिष्ट अतिथि प्याप्सन दाङका अध्यक्ष यादव गिरी, व्यवस्थापक नेत्रसागर चौधरीलगायतले सुझाव दिएका थिए । सो अवसरमा अनलाइनका प्रबन्धक सुरेन्द्र रिजालले राप्ती अनलाइन कारोवारको बारेमा जानकारी दिएका थिए भने यसको प्रविधिबारे आइटी व्यवस्थापक रमेश चौधरीले दिएका थिए । उक्त अनलाइनमा किनवेज, रोजगार अपड्ट र आर्थिक समाचार गरी तीन भागमा बाँडिएको छ ।