मंसिर ३, मलेसिया । वैदेशिक रोजगारीको शिलशिलामा करिब अढाई वर्ष अघि मलेसिया आएका जाजरकोटका बल बहादुर कसेराको सडब दुर्घटनामा ज्यान गएको छ । जाजरकोट जिल्ला कोर्ताङ्ग गाबिस वडा नं १ चैत्या घर भएका बाबु बिरबल कसेराका छोरा २० वर्षिय बल बहादुर कसेरा को हिजो राति बान्तिङमा सडक दुर्घटनामा परि ज्यान गएको सञ्चारकर्मी अर्पन मगरले जानकारी दिए ।

राति करिब ११ बजे नियमित डिउटि सकेर होस्टल फर्कने क्रममा बाटो पार गर्न लाग्दा बिपरित दिशाबाट आएको कार ले ठक्कर दिएपछि कसेरा गम्धिर घाईते भएका थिए । घाइते भएका कसेरालाई उपचारको लागि बान्तिङ अस्पताल पुर्याउन साथ उनले आफ्नो प्राण त्यागेका थिए।
कसेरा मलेसियाको बान्तिङ स्थित योङ्ग म्यान डेभलपमेन्ट ूएमू एसडिएन बिएचडि अढा बर्ष देखि कार्यरत थिए । उनको शबलाई नेपाल पठाउने तयारि भैरहेको बुझिएको छ । मृतकको परिवारमा कोको छन भन्ने कुराको पुर्ण जानकारीमा आउन बांकि छ ।शबलाई अहिले बान्तिङ अस्पतालमा राखिएको छ ।