खोटाङ, ३ मंसिर । आफूहरुले गरेको स्थानीय तहको खाकालाई वेवास्ता गरेको भन्दै अनिश्चितकालिन बन्दमा उत्रिएका खोटाङको लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाविसकाबासीलाई आन्दोलन फिर्ता लिन पुःनसंरचना समितिको आग्रह गरेको छ ।
समितिका संयोजक एवं स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बिहीबार प्रेस बिज्ञाप्तीमार्फत बन्द फिर्ता लिएर वार्ताका माध्यमबाट समस्या समाधानका लागि आउन आग्रह गरेका छन् ।
लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाविसलाई समेटेर रावा गाउँपालिका बनाउन राखिएको मागलाई बेवास्ता गरिएको भन्दै अनिश्चितकालिन बन्द गरिएको सङ्घर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताए ।