एजेन्सी, ३ मंसिर । अफ्रिकी देश मोजाम्बिकमा ट्रक विस्फोट हुँदा ७३ जनाको ज्यान गएको छ । एक सय जना घाइते भएका छन् । मोजम्बिकको टेट प्रान्तको काफिरिज्यांग गाउँमा दुर्घटना भएको हो ।
मोजाम्बिक १६ वर्षसम्म चलेको गृह युद्धले थलिएको हो । गृहयुद्ध सन् १९९२ मा अन्त्य भए पनि धेरै नागरिक अहिले पनि त्यसको पीडामा रहेका विविसीले जनाएको छ ।