Indrenionline.com

करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज, ३ मंसिर । सप्तरीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । गम्भीर घाइते भएका सप्तरीको मलेकपुर–२ निवासी ३० वर्षीय घुरन सदाको उपचारको क्रममा ज्यान गएको हो ।

सदालाई बुधबार राति आफ्नै घरनजिक रहेको विद्युत् पोलमा विद्युत चोरीको हुकिङ लगाउने क्रममा करेन्ट लागेको थियो । घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।