Indrenionline.com

२५ छात्रालाई शैक्षिक सामग्री वितरण

15102139_1254784731251530_300937210_oदाङ, २ मंसीर । उत्सर्ग फिल्मस् नेपालको संयोजनमा प्राथमिक विद्यालय पक्वैमा अध्ययनरत २५ छात्रालाई विहीबार शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा औपचारिक कार्यक्रम गरी छात्राहरुलाई झोला, कापी, पेन्सील लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रम कार्यक्रमका प्रमुख अतिथी एवं मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका संस्थापक अध्यक्ष श्रीमन न्यौपानेले शैक्षिक सामग्री वितरण अभियानले समाजमा छोरीलाई पढाउनु पर्ने सन्देश गएको बताउनु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथी नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले शिक्षामा सबैको पहँुच स्थापित गर्न सबैपक्ष परिचालित हुनुपर्ने धारणा बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण शिक्षक बुद्धिप्रकाश बुढाथोकीले गर्नुभएको थियो ।

शैक्षिक सामग्री खरिदका लागि मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, रोहित अधिकारी र श्याम डिसीले आर्थिक सहयोग गर्नुभएको थियो ।