गोविन्द खड्का
घोराही, २ मङ्सिर । माहुरी ल्याएर घार बारिमा फिंजाएका चितवनका एक व्यवसायीलाई पर्सिपल्टै उठाउन लगाईयो । भाडा तिरेर टकमा ल्याएका माहुरी यहाका लेबर लगाएर अर्को टक मगाई फिर्ता लग्नुप¥यो । त्यो खबर फिंजिएपछि जिल्ला बाहिरका पालक बुझ्न आए तर माहुरी ल्याउने आट गरेनन् ।
दुई पक्ष विच भएको सम्झौतामा वनको तर्फ बाट अध्यक्ष सम्झना घर्ति सहितका पदाधिकारीहरु र माहुरी पालक महासंघका दाङ शाखा अध्यक्ष विष्णु बहादुर वलीसहितको टोलिले हस्ताक्षर गरेको छ । सो सम्झौता पा“च बर्ष सम्म लागु हुने भनिएको छ । माहुरी घारको संख्या बढेमा सम्झौता पुनरावलोकन हुने छ । हरेक सिजनमा दुई लाख साठि हजार रुपैयाकादरले सामुदायीक वनलाई बुझाउनु पर्ने छ । रकम मंसिर मसान्त सम्म नेपाल बैक घोराही शाखामा रहेको वन समुहको खातामा एकमुष्ट जम्मा गर्नुपर्ने छ, लगाएतका शर्तहरु राखिएका छन् ।
सामुदायिक वनका अनुगमन संयोजक केशर रावतका अनुसार त्यो झञ्जट सम्झौताले अन्त गरेको छ । उहाका अनुसार विगतका बर्षमा छुटै समिति गठन गरेर पनि माहुरी चरणको रकम उठाउन अभ्यास गरीयो । त्यसले झन् माहुरी चरणको रकम व्यवारीसे बनायो । बैठक बसाल्न, रकम संकलन गर्न, त्यसलाई व्यवस्थापन गर्न जटिलता निम्त्यायो । अन्त त वनको नेतृत्वमा गर्ने सहमति भयो । त्यस क्षेत्रका ६ वटा टोलको निर्णय अनुसार रकम लगानी गरीने रावतको भनाई छ ।
माहुरी पालक किसानहरुले किन आ“खा लगाउछन त ? शिब शक्ति बी कन्सर्न घोराहीका सञ्चालक एवं माहुरी पालक किसान विष्णुराज श्रेष्ठकाका अनुसार गाडि र फोन पुगेको उपयुक्त चरण क्षेत्र गिठेपानी हो । त्यस संगै चा“डै तोरी र चिउरी फुल्ने क्षेत्र पनि यहि पर्छ । तराईका सबै क्षेत्रमा एकैचोटि अलि ढिलो फुल्छ । बर्षात भरी चिनी खुवाएर खर्च भएको लाभ लिन किसान आतुर हुन्छन् । तिनले दाङलाई छनौट गर्छन् । त्यसैले पनि धेरै ठाउ“का माहुरी थुप्रीन्छन् । नवलपरासी, वा“के वर्दिया लगाएतमा तोरी फुल्दा फराकिलो क्षेत्र विस्तार हुने भएकाले त्यति चाप पर्दैन । उहाका अनुसार २०५८ को सर्वेक्षणले गिठेपानीलाई तिन हजार किट माहुसीको चरण क्षेत्र आकलन गरेको थियो । अहिले तोरी छर्ने बारीहरुमा घर बनि सके । जंगल मासियो । तिउरीका बोट सुक्दै र ढल्दै गरेका छन् । त्यसैले हल्ला भएजति छैन ।
किने ल्याएको माहुरी चराउन किन नपाउने भन्ने प्रश्न उठाएका छन् । जसरी पनि माहुरी चराउने भन्ने गीरोह सकृय भएको छ । उनिहरुलाई सजिलो भने छैन । संघको स्विकृतीमा मात्रै चल्नुपर्छ । पाल्न नजानेकोले एकैपटक एक डेढसय घार भित्राउन पाईदैन । त्यसले संका उब्जाउछ । कालिका सामुदायिक वनका सचिव दिनेश वलीलका अनुसार वनले पनि सहयोग गर्न सक्दैन । स्थानिय उपभोक्ताले सबैले पत्यार हुने काम गर्न जरुरी छ । अन्यथा विवाद बढ्छ । फाईदा कसैलाई हुदैन । गिठपानी क्षेत्रकै माहुरी पालक किसान बृद्धिहुनु खुशिको कुरा हो ।
यो बर्ष चरणका लागि जमिनमा बसालेका माहुरी पनि उठाउन लगाईइो । नल्यानुस भन्दा भन्दै जवर्जस्ती ल्याएको भन्दै केहिले माहुरी फिर्ता लगे । अझै कसैले ल्याउन सक्छ भनेर महासंघका पदाधिकारीले पहरा दिएका छन् । विभिन्न बहानामा महुरी भित्रयाउने अभ्यास पनि भित्र भित्रै गरीदैछ । घोराही ६ का माहुरी पालक किसान पञ्चाराम नेपालीका अनुसार अन्त जिल्लामा बाहिरका माहुरी रोक्दै गए । दाङका माहुरी चराउन लैजादा उनिहरुले अबरोध गर्न थाले । सिजन शुरु नहुदै यता ल्याउने सबैतिर सिजन आउदा रोक्ने भएपछि दाङले पनि सिकेको हो । महासंघले जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि कार्यालय सबै क्षेत्रमा प्रकृया पुरा गरेको जनाएको छ । शाखाको सहमति विपरीत कुनै पनि हालतमा माहुरी चरण क्षेत्र नदिने बताएको छ ।
‘चिउरीको लागि हो’ महासंघका शाखा अध्यक्ष वलीले भन्नुभयो, ‘त्यतिकै अग्र्यानिक मह अरुको हुन्न ।’ उहाका अनुसार त्यसले पनि गिठेपानीमा माहुरी आएका हुन् । स्थानियले दुई हजार सम्म राख्न सकिने बताएपनि परिणामले गलत सावित गरेको वलीले बताए । अहिले महको अबस्था हेर्दा हजार १२ सय पनि धेरै हुने वलिको भनाई छ । उहाका अनुसार स्थानियलाई महत्व दिने हो । माहुरी चरणका लागि चिउरी र तोरी दुवै उपलब्ध हुने क्षेत्र दाङ मात्रै छ । तरकारीमा विषादि प्रयोग नगर्दा सम्म गिठेपानीको आकर्षण घट्दैन । थोरै भएपनि राम्रो मह उत्पादन हुन्छ ।