काठमाडौं, २ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी मुलुकसँग जोडिने बझाङ चैनपुर–ताक्लाकोट नाका खोल्न चीन सरकारसँग कुरा गर्ने बताएका छन् ।
‘बझाङबासीका माग जाय र संवेदनशील रहेका छन्, यसबारे सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छलफल गर्छु’, उनले भने, ‘चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग म कुरा गर्छु ।’
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न ध्यानाकर्षण गराएको थियो ।