पाँचथर, २ मंसिर । एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरिएको छ । प्रहरीले पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विकासलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएको छ । उनलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।