काठमाडौं, २ मंसिर । ट्राफिक प्रहरीले दुर्घटना गराउने चालकलाई आजदेखि ट्राफिक शिक्षा दिने भएको छ । एकपल्ट दुर्घटनामा परेको व्यक्ति ट्राफिक शिक्षाको अभावमा अर्को पटक पनि दुर्घटनामा पर्ने सम्भावना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि कक्षा सुरु गरेको हो ।
यसले दुर्घटना कम गर्न मद्दत गर्ने उनको भनाई छ । दुर्घटनामा घाइते भएकाको उपचार खर्च गाडी धनी र समितिले व्यहोर्ने गर्छन् । तर दुर्घटना गराउने चालकलाई केही कारवाही नहुने भएकाले उसैबाट दुर्घटना दोहोरिने सम्भावना धेरै हुने भएकाले महाशाखाले दुर्घटना गराउने चालकलाई पनि कक्षा सञ्चालन गर्न लागेको हो । दुर्घटना गराउने जो कोहीले अब पाँच सयदेखि एक हजार रुपैयाँ जरिवानासहित एक घण्टाको कक्षा लिनुपर्छ ।