काठमाडौं, २ मंसिर । तत्कालिन एनेकपा माओवादीबाट असन्तुटि जनाउदै वारिहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र संविधान निर्माणपछि सरकारप्रति चरम असन्तुष्टि देखाउदै आएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबिच एकताको सम्भावना वढेर गएको छ ।
माओवादी छाडेलगत्तै संसदबाट राजिनामा दिएका बाबुराम भट्टराईलाई पार्टी एकिकरण लगत्तै संसदमा लैजाने तयारीसमेत भइरहेको बताइएको छ । तर एकताकाबारेमा आधिकारिक पुष्टी भने हुन बाँकी नै छ ।