काठमाडौ २ मंसिर । एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।
विजयी टोलीको स्वागतका लागि नेपालको यु–१४ राष्ट्रिय फुटबल टोली तथा महिला फुटबल टोली राष्ट्रिय झन्डा लिएर विमानस्थलमा पुगेको थियो।
त्यस्तै हजारौं फुटबल समर्थक आम सर्वसाधारणसमेत टोलीको भव्य स्वागतमा अन्तरार्ष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले नेपाल १ नेपाल ११ भन्दै नारा लगाएका थिए।