काठमाडौं, २ मंसिर । पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य क्षेत्रमा एक्सन लिन थालेको छ । केही दिन अघि छ वटा अबैध स्वास्थ्य क्लिनीक सिलबन्दी गरेको स्वास्थ्य मन्त्रालयले थप सात वटा त्यस्ता क्लिनीकमाति ताला लगाएको छ । मन्त्रालयको अनुगमन टोलीले राजधानीका थप सात वटा क्लिनिकमा तालाबन्दी गरेको हो ।
चौबिस घन्टाभित्रमा आवश्यक प्रक्रिया पूरा नभएमा तिनीहरुमा पनि तालाबन्दी गरिने डा. पन्थीले जानकारी दिए ।
तालाबन्दी हुनेमा काठमाडौँ बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र वाइपास पोलिक्लिनिक रहेका छन् ।
त्यसैगरी बालाजुकै नोवेल डेन्टल होम र सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरलाई चौबिसघन्टे पुर्जी दिएको डा पन्थीले बताए । अनुगमन गरेकामध्ये अधिकांश डेन्टल क्लिनिक अवैध तारिकाले सञ्चालन भइरहेको पाइएको छ ।