काबुल, १ मंसिर । अफगानिस्तानमा आज बिहान भएको आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताएको छ ।
सेदिकीले यस आक्रमणको विस्तृत विवरण भने बताएकी छ्रैनन् । तर घटनाको अनुसान्धान जारी रहेका बताइन ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्रहरीले सो इलाकालाई सुरक्षाको दृष्टिकोणले घेरा लगाएको र पत्रकारलाई समेत सो स्थानमा जान रोक लगाएको छ ।