रोल्पा, १ मंसिर । इलाका प्रहरी कार्यालय, सुलिचौर, रोल्पाले भारतबाट र्फकदा फर्कदै बाटैमा साथीको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन् ।
उनका अनुसार ती तीनजना युवा करिब छ महिना पहिले रोजगारीको लागि सँगै भारतकोे सिमला पुगेका थिए । कात्तिक २१ गते उनीहरु भारतबाट पुनः सँगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशङ्का गरेको छ ।
अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्या गरी घर गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ भने अभियुक्त दीपक सुवेदीबाट भारु ३० हजार बरामद समेत गरेको छ । हालै पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी नाताले एकै परिवारका काका भतिज भएको बुझिएको छ ।