दाङ, १ मंसिर । अहिले सवारी साधनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नै दुर्घटनाको मुख्य कारण बनेको यातायात व्यावसायीले बताएको छ । राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समितिले अबको मौसममा दुर्घटनाको लागी अत्यन्त चुनौतीपूर्ण भएको भन्दै सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सबै सचेत हुन आग्रह गरेको छ ।
समितिले दुर्घटना न्य्रनिकरण श्रृखला ३ अभियान यस्तो आग्रह गरेको हो । व्यवसायी व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धरापमा पर्नुका साथै दुर्घटना वढ्ने गरेको राप्ती अञ्चल सार्वजनिक व्यवसायि समिति कार्यालयका कार्यलय प्रमुख डा. लोकराज पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समिति राप्तीकै सबैभन्दा पूरानो र करीव ४ अर्ब १५ करोड लगानी भएको संस्था विभिन्न कारणले विस्तारै धरापमा पर्दै गएको बताइएको छ ।
दुर्घटना न्यूनिकरण गर्न समितिले २००० मोडलभन्दा पूराना गाडी हटाइसकेको पनि विज्ञप्तिमा जनाइएको छ । कार्यक्रम डा. लोकराज पराजुलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण जनक नेपालीले गरेका थिए ।