
उनीहरुले हापुरेमा रहेको एक सहकारी सस्थाको जग्गा लिजमा लिएर बेसार खेती गरेका हुन् । समुह मार्फत् उनीहरुले २२ लाख बराबरको बेसार खेती गरेका हुन् । उनीहरुलाई रिदम नेपालले ११ लाख सहयोग गरेको छ ।
पुरन्धाराका २८ जना महिलाहरुले संयुक्त रुपमा बेसार खेती गरेको समुहकी अध्यक्ष सुमित्रा रानाले जानकारी दिईन् । उत्पादन भएको बेसार धुलो र सुठो बनाएर विक्री गर्ने समुहले जनाएको छ ।