Indrenionline.com

नाबेल कृषि फर्मको सार्बजनीक सुनुवाई

मानपुर ३० कात्तिक । नोवेल कृषि फर्म मानपुर ३ बैंचपुर स्थित व्यवसायीक केरा खेतिका लागी फर्म विकास उपआयोजनाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार भएको छ । साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना नेपालगञ्जको सहयोगमा सञ्चालित उपआयोजनाको सेवा प्रदायक संस्थाको रुपमा राप्ती कृषी स्नातक समाज नेपाल रहेको छ ।

नोवेल कृषि फर्मका प्रोपराईटर रुद्रमणी लम्सालको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम राप्ती कृषी स्नातक समाज नेपालका संयोजक हरि प्रसाद शर्माको प्रमुख आतिथ्य एवं कृषी सेवा केन्द्र तुलसीपुरका प्रमुख पशुपति शर्माको विशिष्ट आतिथ्यमा भएको सार्वजनिक सुनुवाईमा प्राकृतिक मह उत्पादन फर्मका प्रोपराईटर माधव केसीले स्वागत तथा उपआयोजनाका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार फर्मको ४९ लाख ५२ हजार ४ सय २० रुपैया र २७ लाख १२ हजार ५ सय ७२ रुपैया अनुदान रकम गरि ७६ लाख ६४ हजार ९ सय ९२ रुपैयाको लागतमा १० विघा क्षेत्रफलमा केरा खेति शुरु गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि हरि प्रसाद शर्माले( उक्त संस्थाले सञ्चालन गरेका गतिविधिको वारेमा जानकारी दिदै दाङमा ७१ वटा परियोजनामा लगानी गरिएको वताए । उनले चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादनको व्यवस्थापन गर्न सहज हुने वताउदै चिस्यान केन्द्रलाई प्रार्थमिकतामा राखेर लगानी शुरु गरेको जानकारी दिए । विशिष्ट अतिथि कृषी सेवा केन्द्र तुलसीपुरका प्रमुख पशुपति शर्माले सरकारले दिएको अनुदानलाई अवसरको रुपमा लिएर कृषि क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिए ।

कृषिमा भएको सम्भावनालाई राम्रो संग अध्ययन गरेर कृषि क्षेत्रमा होमिन सुझाव दिदै शर्माले प्राविधिक ज्ञान भने आवश्यक पर्ने दावी गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्र मानपुरका ईन्चार्ज शिवानन्द डिसी, श्रमजिवी उपभोक्ता सहकारी संस्था मानपुरका सचिव मानसिं सुनार, मानपुर वडा नम्वर ३ का वडा नागरिक मञ्चका संयोजक कृष्ण वहादुर वस्नेत, स्थानिय नारायणी भुषाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सुवास डिसीले गरेका थिए ।