काठमाडौं , ३० कार्तिक। नेपालका लागि नवनियुक्त चीनियाँ राजदूत यु होङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ ।
शिष्टाचार भेटका क्रममा राजदूत होङले आफ्नो कार्यकाल नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्नमा केन्द्रित रहने बताउनु भयो । भेटका अवसरमा प्रधानमन्त्री र राजदूत होङबीच चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।