Indrenionline.com

विद्यालयमा पूर्ण सरसफाई अभिमुखीकरण

बाघमारे गाविसको जनकल्याण उमावि सिमसुन्दरपुर, शिव प्रावि शिवरातिपोखरी र विरेन्द्र मावि खिलतपुर तथा गोवरडिहा गाविसको जनता मावि कालाकाटे, जनमुखी निमावि चिसापानी, निमावि बनघुस्री र रात्रि प्रावि पचहियामा विद्यालय सचेतना कार्यक्रम भएको महासंघले बताएको छ ।

विद्यालयका विद्यार्थी, बालक्लब, शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ लगायतका पदाधिकारीहरुलाई पूर्ण सरसफाई सम्वन्धी अभिमुखीकरण गरिएको थियो । साथै प्रत्यक विद्यालयमा दैनिक सरसफाई कार्य योजना पनि निर्माण गरिएको महासंघले जानकारी दिएको छ ।।