काठमाडौं, ३० कार्तिक । न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि सरकारले निर्धारण गरेको पत्रकारको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयन भए/नभएको बारे अनुगमन सुरू गर्ने भएको छ ।
सरकारले न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको जनाउँदै आएपनि नेपाल मिडिया सोसाइटीलगायतका निजी सङ्घ(सङ्गठनले भने कार्यान्वयन गर्न नसक्ने जनाउँदै आएका छन ।