काठमाडौं, ३० कार्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिएका छन् ।

बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शब नेपाल आउने विश्वास दिलाएका थिए ।