काठमाडौं, ३० कार्तिक। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली कार्यक्रममा सभामूख ओनसरी घर्ति, मन्त्रीहरु जनार्दन शर्मा प्रभाकर, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामान पुन, गीरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नी सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्र राय यादव, चक्रपाणि खनाल, हिसिला यमी लगायतको उपस्थिति थियो ।
२०११ साल पौष ५ गते आमा योगमाया र बुवा प्रजापतिको कोखबाट जन्मनुभएका पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसित थिए ।