गुल्मी, ३० कार्तिक । ठूलावडाहरु (नेता) आफै सम्पन्न छन् पनि उनीहरुलाई समान्य रुघाखोकी लाग्यो भने पनि राज्यको ढुकुटी लाखौं रकम खर्च गरेर विदेशमा उपचारका लागि जान्छन् । तर, साँझ विहान हातमुख जोड्न धौ धौ पर्ने एउटा सर्वसाधारण जनता जीवन मृत्युको दोसाँधमा पुग्दा समेत उसले उपचार पाउँदैन ।
पैसा खोजेर भोलि आउँछौं भनेर उनका कान्छा छोरा मधु बुटवलतिर गएको कर्णलाई आश्रय दिएका शंकरले सुनाए, ‘यत्तिका दिन भयो अहिले त पाँचै भाइले फोन स्वीचअफ गरेका छन् ।’ पाँचै भाइ बुटवल सडकमा मजदुरी गरे पनि जन्म दिने बुवालाई बेवास्ता गरेपछि शंकरले उनलाई झिकाएका थिए ।