शरद रेग्मी
तलसीपुर, ३० कार्तिक । अब तुलसीपुर बजार क्षेत्रमा घर र पसलको अगाडी फोहोर थुपार्नेलाई कारवाही हुने भएको छ ।
अभियान अन्तर्गत आज तुलसीपुरमा १३ औं हस्ताको सरसफाइ कार्यक्रम भएको छ । तुलसीपुरको (घ) लाईनमा दोश्रो पटक घरदैलो एवं सरसफाई अभियान संचालन गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।
सरसफाइ अभियानमा विभिन्न संघ संस्थाहरु, राजनितिक दल , सुरक्षानिकाय, टोल विकास संस्था उद्योगी व्यापारी, व्यवसायीहरुका साथै सर्वसाधारणको सहभागिता थियो ।