काठमाडौं, २९ कार्तिक । स्वास्थ्य मन्त्रालयको राजधानीका अबैध पाँच स्वास्थ्य क्लिनीकमा सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौँ र ललितपुरका ३४ ओटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन पछि अबैध फेला परेका पाँच क्लिनीक सिलबन्दी गरेको हो ।
स्वास्थ्य सेवा विभागका डा। हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौँको टोलीले दर्ता नै नभएका जागरण क्लिनीक, एसआरडी डाइनोष्टीक, लोकसेवा डेण्टल क्लिनीक र अपी डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो । विराज डेण्टलले वैधता सम्बन्धी कागजपत्र माग्दा केहीबेरमा ल्याउँछु भनेर भागेकाले भोलि फेरी माग्ने र नभएमा तालाबन्दी गरिने डा। ओझाले बताए ।