घोराही, २९ कार्तिक । प्रतिभाहरुको छनोट गर्दै आएको पेज थ्रीको आयोजनामा हुन लागेको मिस दाङ–२०१६ को अडिसन मंसिर २८ गते हुने भएको छ । जसका लागि पेज थ्रीले मंसिर १ गतेदेखि २५ गतेसम्मका लागि फारम वितरण गर्ने भएको छ ।
त्यस्तै मंसिर २३ र २५ गते परामर्श, पौष १ गतेदेखि २५ गतेसम्म तालिम, पौष १७ गते ट्यालेन्ट राउण्ड, २७ गते ग्रायान्ड फिनाले हुने आयोजकले जनाएको छ ।
यो अडिसनबाट विजेताले ५० हजार नगद पुरस्कारसहित विभिन्न अवसर प्राप्त गर्ने बताइएको छ । फस्ट रनरलाई नगद २० हजार सहित म्युजिक भिडियोको अवसर र प्रमाणपत्र रहेको छ भने सेकेन्ड रनरअपलाई नगद १५ हजार र प्रमाणपत्रको व्यवस्था छ ।