इन्द्रेणी संवाददाता
दाङ, २९ कार्तिक । मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म हुने शैक्षिक महोत्सवको तयारी तीब्र रुपमा भइरहेको छ । नेपाल राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा घोराहीमा हुन लागेको उक्त महोत्सवमा राष्ट्रिय पुस्तक प्रदर्शणी तथा शैक्षिक महोत्सव तयारीका लागि विभिन्न संघ संस्था तथा सरोकारवाला निकायहरुसँग छलफल तथा भेटघाटलाइ तीब्रता दिइएको छ ।
छलफलमा ती संस्थाहरुलाई महोत्सवमा सहयोग गर्न र सहभागि भइदिन अनुरोध गरिएको महोत्सव आयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिए । महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।