नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदलको चौथो अधिवेशनले गर्दा प्रशिक्षण स्थागित गरिएको उनको भनाई छ । उनले भने ‘ पोखरामा शनिवार देखि शुरु भएको तरुणदलको अधिबेशन र जिल्लाका प्रशिक्षकहरु अधिवेशन तर्फ केन्द्रित भएका छन् । जसले गर्दा प्रशिक्षक उपलब्ध हुन नसकेको हो । ’
उनका अनुसार अर्को सुचना जारी नहुँदा सम्म पुर्वनिर्धारित प्रशिक्षण कार्यक्रम स्थगन गरिएको काँग्रेस वडा समितिले जनाएको छ । वडा ईकाइ सभापति मोहन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममको सहजीकरण सचिव लक्षमण चन्दले गरेका थिए ।
