
तुलसीपुर २८ कात्तिक । दाङको पञ्चकुले ९ मलैको १५ किलो मिटर मोटर बाटो मर्मत गरिएको छ । बर्षादको समयमा बिग्रिएको पञ्चकुले ८ ढोलपुर देखी मलैको जलजला सम्मको मोटरबाटो मर्मत गरिएको हो ।
बाटो बिग्रिदा आफुहरुलाई आवत जावतमा समस्या हुने गरेको भन्दै करिब १५ लाखको लगानीमा स्थानियले बाटो मर्मत गरेका हुन् । आर्थिक स्रोत जुटेपछि रुपैयाँ दिने सर्तमा जोडरले उक्त मोटरबाटो मर्मत गरिएको स्थानिय जीवन न्यौपानेले जानकारी दिए । गत बर्ष पनि त्यहाँका स्थानियको सक्रियतामा नै उक्त मोटरबाटो मर्मत गरिएको थियो । उक्त मोटरबाटोबाट दुई सय बढि घरधुरी लाभाम्बित हुदै आएका छन् ।
दाङको कर्णालीको रुपमा चिनिने मलैमा बिकासका पुबाधारहरु शिक्षा , स्वास्थ्य , खानेपानी बिहिन रहेको स्थानियको गुनासो छ । त्यसमा पनि त्यहाँ पुगेको एकमात्र मोटरबाटो करिब ६ महिना देखी अबरुद्ध हुँदा स्थानियबासी मर्कामा परेका थिए । बाटो अबरुद्ध भएपछि स्थानियहरुले पैसा तिरेर दैनिक उपभोग्य सामानहरु घोडाको साहयताले घर सम्म पु¥यासन पर्ने बाध्यता थियो । उनीहरुले प्रतिक्वीन्टल एक हजार देखी १५ सय सम्म घोडाको भाडा तिर्दै आएका थिए ।
राप्ती अञ्चल सदरमुकाम तुलसीपुर देखी करिब ४२ किलोमिटर पश्चिम दक्षिणमा पर्ने मलै खोला जोड्ने मोटरबाटो मर्मतका लागि सम्बन्धित निकायले कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।