कुशुम वि.क
बर्दिया २८ कार्तिक । गते राजनीतिक क्षेत्रले महिलालाइ अझै विश्वास गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन । बर्दियाको सानो श्री ताराताल नगरपालिकामा रहेको उद्योग वाणिज्य सघ कुशुम्वा वजारमा क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाले आयोजना गरेको उद्योग वाणिज्य सघमा महिलाको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वत्ताहरुले सो आरोप लगाउनु भएको हो ।
कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासघ जिल्ला शाखा बर्दियाका उपाध्यक्ष राधिका बोहराले पुरुषहरुले विश्वास नगर्ने परिपाटिका कारण नै महिलाहरु पछाडि परेको बताउनु भयो । कार्यक्रममा पर्यटन पत्रकार सघ बर्दियाका अध्यक्ष दिपक शर्मा , स्थानियवासी सावित्री शाहि, सुसिला थापा लगायतकाले विहान बेलुका घरको काम काज सकेर दिउसो पसल सचालन गर्ने भएपछि केहि बुझन सकेको बताउदै महिलालाइ प्रयोग मात्र भन्दा पनि अवसर दिनु पर्ने बताउनु भयो । क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशुम विकको सभाध्यक्षतमा भएको कार्यक्रममा स्थानिय व्यापारी सन्चारकर्मि लगायतको उपस्थिति रहेको थियो ।