काठमाडौं, २८ कार्तिक । उर्जा संकट समाधान गर्न र उर्जाको व्यवस्थापनका लागि एसियाली विकास बैंक (एडिबी) बाट सरकारले २ अर्ब १२ करोड रकम लिने भएको छ । आज मन्त्रिपरिषदको बैठक यस्तो निर्णय गरेको हो ।
त्यसैगरी बैठकले जनता आवास कार्यान्वयन कार्यविधिलाई मन्त्रिपरिषदको आर्थिक पूर्वाधार समितिमा पठाउने, संयुक्त राष्ट्र संघको क्षेत्रीय शान्ति तथा निशस्त्रीकरणको कार्यालय नेपालमा ल्याउन पहल गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।