भक्तपुर, २८ कात्तिक । पैदल हिँड्नेलाई कुकुरले टोक्दा आज बिहानै ३४ जना घाइते भएका छन् । सुडालबाट आएको एउटा कुकुरले सुडाल, कमलविनायक, च्यामासिंहमा पैदल यात्रुलाई टोकेको नगरकोट नगरपालिका सुडालका जीवन गिरीले जानकारी दिए।
कुकुरको टोकाइबाट घाइते भएकोको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उपचार गराएका छन् ।