काठमाडौं, २८ कार्तिक । सम्भाव्यता अध्ययन गरिएका खानी क्षेत्र जोड्ने सडक निर्माण तथा त्यस वरपर आवत–जावतमा सरकारले विशेष निगरानी वढाएको विभिन्न परियोजनासहित नेपाल भित्रिएका दाता तथा अन्तरराष्ट्रिय गैरसरकारी संघसंस्थाका गतिविधि शंकाष्पद देखिएपछि खानी क्षेत्र सुरक्षा तथा पूर्वाधार निर्माणमा सजगता स्वरुप निगरानि वढाइएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार पछिल्ला महिना खानी क्षेत्रको सुरक्षा र संरक्षणमा विशेष सतर्कता अपनाइएको छ ।
सैनिक उच्च अधिकारीले पनि खानी क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले चरणवद्ध एक्सन प्लान ल्याउन जरुरी भएको प्रतिक्रिया दिएका छन् ।
सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले खानी क्षेत्र सुरक्षा र संरक्षणमा सरकारले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न सेना तयार रहेको बताए ।