इन्द्रेणी संवाददाता
दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लवको एक दिने बन्दका कारण आज विहानैदेखि दाङसहित देश भरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दाङमा विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधनहरु ठप्प छन् ।
त्यसैगरी बन्दले राजधानीको जनजीवन पनि प्रभावित भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमन ठप्प भएको छ । बन्द आव्हानकर्ता दलका कार्यकर्ता सडकमा नदेखिएपनि त्रासका कारण सार्वजनिक सवारीसाधन नचलेका हुन । सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणहरु हिंडेरै गन्तव्यमा पुग्न वाध्य भएका छन् ।
सैबीच विहानै राजधानीमा पसल बन्द गराउदै हिडेका विप्लव माओवादीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न ठाउँमा बन्द गराउदै हिडेका ५० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।