काठमाडौं २८ कार्तिक । श्रीमानको कुटाईबाट घाइते भएकी रोल्पाकी सुनकुमारी नेपालीको शनिबार निधन भएको छ ।
आर्थिक अभावका कारण सुरुमा उनको उपचार हुन सकेन । पछिल्लो समय उपचार खर्च जुटे पनि उनलाई बचाउन सकिएन । उनको शनिबार दिउँसो निधन भएको छ ।
तर, अस्पतालमा भर्ना भएको २३ दिनसम्म अचेत अवस्थामा रहेकी सुनकुमारीलाई आर्थिक अभावका कारण उचित रुपमा औषधि उपचार हुने सकेको थिएन । आइसीयू कक्षमा उपचार हुनुपर्नेमा आर्थिक अभावकै कारण अस्पतालको न्युरोको जनरल वार्डमा उपचार भइरहेको थियो ।
सुनकुमारीको उपचारमा खर्च अभाव भएको खबर अनलाइनखबरमा प्रकाशित भएपछि सहयोगी हातहरु जुटेका थिए ।
भैरहवाका पत्रकारहरु संस्था लुम्बिनी प्रेस क्लबले अभियान नै चलाएको थियो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गाना र उनको टिमले सुनकुमारीको सम्पुर्ण उपचार खर्च व्यर्होने, कुरुवा बसेकी छोरीलाई खाने बस्ने व्यवस्थाको जिम्मा लिने भनेपछि अस्पतालले आइसीयूमा सारेर विशेषज्ञ चिक्तिसकको एक टोलीनै खटाएको थियो ।
शनिबार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपतिपुत्र दीपेश पुनसहितको टोली अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो र विभिन्न व्यक्तिबाट संकलित ३ लाख हस्तान्तरण गरिएको थियो । साभार अनलाइनखबरबाट ।