
अध्यक्ष गौतमको अगुवाइमा भएको अध्ययन अनुगमनमा खानेपानी डिभिजन कार्यालय दाङ, विजौरी र मानपुर गाविसका राजनितिक दलहरुको सहभागीता रहेको थियो ।
ग्वारखोला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागी स्थलगत अनुगमन गरी प्रारम्भिक चरणको अनुगमन गरिएकाले वाँकी कामलाई निरन्तरता दिई योजना सफल वनाउन लाग्नुपर्ने गौतमले जानकारी दिए ।
अनुगमनमा खानेपानी डिभिजन कार्यालय दाङका ईन्जिनियर प्रदिप शाहा, नेपाली कांग्रेस विजौरी गाविस सभापति हिम वहादुर डांगी, नेकपा एमालेका विजौरी गाविस अध्यक्ष माधव वली, नेकपा माओवदी केन्द्र विजौरीका संयोजक दल वहादुर महत, मओवादी केन्द्र मानपुरका खिमानन्द डांगी, राप्रपा नेपाल विजौरीका अध्यक्ष चुर्ण वहादुर वली, नेकपा माओदीका जिल्ला सदस्य राम वहादुर थापा जिल्ला खानेपानीका तिल वहादुर केसी, साक्षि खवर राष्ट्रिय साप्ताहिकका राकेश बस्नेत बुलझुण्डि खानेपानीका कार्यलय प्रमुख मदनमणि पोख्रेल, समितिका उपाध्यक्ष गेहन्द्र वस्नेत लगाएतको उपस्थित रहेको थियो ।