
कार्यक्रमका प्रमुख अतिथि जिल्ला बन महासंघ दाङका अध्यक्ष शोभाकर साप्कोटाले सामुदायीक बन जागाउन सबै नागरिकलाई आग्रह गरे । उनले बन सबैको साझा भएकाले बनलाईं नोक्सान हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सबैलाई आग्रह गरेका छन् । साथै उनले दाङमा सामुदायीक बनको क्षेत्रफल बढेको बताए । उनले भने ‘ दाङमा सामुदायीक बन घटेको छैन्, बढेको छ । ’ उनका अनुसार दाङमा ३९ दशमलब ६ बाट बढेर ४४ दशमलब ५ प्रतिसतमा बृद्धि भएको छ ।
कार्यक्रममा उक्त बन समुहका पुर्ब अध्यक्ष तथा इलाका बन कार्यालय तुलसीपुरका उपाध्यक्ष डिल्ली प्रसाद भण्डारीले एक उपभोक्ता एक बिरुवाको अबधारणको बिकास गर्नुपर्ने कुरामा जोड दिए । उनले भने ‘ हामीले स्वास्थ्यका लागि पनि एक एक घर एक बिरुवा अनिबार्य गर्नुपर्छ । ’ इलाका बन कार्यालय तुलसीपुरका बन रक्षक तुलसीराम बस्यालले सामुदायीक बनको संरक्षनमा सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा थर्कोट कृषि सहकारी सस्था तुलसीपुर ८,९ का अध्यक्ष मेघराज पाण्डे, सरस्वती चौतारा आधरभुत बिद्यालय तुलसीपुर ९का बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष चित्र बहादुर डागी, महालक्ष्मी टोल बिकास सस्थका अध्यक्ष कान्त प्रसाद खरेल ,पत्रकार राजेश वली लगायतले मन्तब्य राखेको थिए ।
महालक्ष्मी सामुदायिक बनका अपाध्यक्ष नन्द लाल खत्रीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा आर्थिक प्रतिबेदन बनका अध्यक्ष तारा प्रसाद देबकोटाले प्रस्तुत गरेका थिए भने बार्षीक प्रगति प्रतिबेदन सचिब गीता शाहीले गरेका थिए ।