अवधी पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा राकेश कुमार मिश्र चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनले मिश्रसहित २३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो । अध्यक्ष पदका लागि आशिष गुप्ता तथा मिश्रले उम्मेदवारी दिनुभएको थियो तर गुप्ताले स्वइच्छाले आफ्नो नाम फिर्ता लिएपछि मिश्रलाई सर्वसम्मतले अध्यक्षमा चयन गरिएको हो ।
उहाँले मधेशी पत्रकार तथा मिडिया बिकास हुनुपर्ने जस्तो हुन नसकेको बताउनुभयो । त्यसका लागि मधेशी समुदाय, व्यक्ति र धर्म तथा संस्कृतिलाई समेटेर अगाडी बढ्न सक्न्पर्ने धारणा राख्नुभयो । संबिधानमा मधेशी समुदायको कुरा समाबेश नगरिएको दावी गर्दै पूर्व भौतिक तथा यातायात्र मन्त्री समेत रहनुभएका मन्त्री त्रिपाठीले अझै पनि केही कुराहरु सच्याउनका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलिले मधेशमा रहेका सञ्चार संस्थाको बिकासका लागि पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकारमा फुट भएका कारण अन्य समुदायका सञ्चारसंस्था अनुसार मधेशी समुदायद्धारा सञ्चालित सञ्चारसंस्थाको दिगोपना हुन नसकेको धारणा राख्नुभयो । पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीले लामो सममयपछि संघको महाधिवेशन गर्न सफल भएको बधाई दिँदै उहाँले आगामी दिनहरुमा व्यवसायीक पत्रकारिता गर्नेतर्फ मधेशी समुदायका पत्रकारहरु लाग्नुपर्ने बताउनुभयो ।