काठमाडौँ, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म, जाति र भूगोलका नाममा द्वन्द्व र झगडा मच्याउने काम नगरी आपसी एकता र समृद्धि अबको बाटो भएको बताएका छन् ।
अध्यक्ष ओलीले एकसय २५ जातजाति र भाषाभाषी तथा धार्मिक विविधताको देशमा साम्प्रदायिकता भड्काउने काम भएमा समृद्धिको बाटो प्रभावित हुने बताए ।