दिल्ली, २७ कार्तिक । भारतीय नोटको प्रतिबन्ध लागेको एक साता नवित्दै भारतमा अहिले नुनको प्रतिबन्धको हल्ला मच्चिएको छ । नुनको प्रतिबन्धको हल्लाुँगै मुल्य आकाशिएको छ । सञ्चारमाध्यमहरुमा ननु सकिएको समाचार फैलिएको छ । यो हल्लासँगै पसलहरुमा मानिसहरुको भीँड लागेको छ ।
सरकारले नुनको कुनै अभाव नभएको बताइरहेका बेला उत्तर प्रदेशका एक किलो नुन एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। नुन सकिएको अफवाह फैल्याइएपछि दुबै प्रदेशको सरकारले मानिसलाई अफवाहमा ध्यान नदिन आग्रह गरिरहेको तर नुन पसलमा भीड घट्नुको साटो झन बढिरहेको छ ।
दुबै प्रदेशले सबै जिल्ला अधिकारी र पुलिसका कमाण्डरलाई सचेत गराएर यो अफवाह फैल्याउनेको खोजी गरी कारवाही थाल्न निर्देशन दिएका छन् । शुक्रवार साँझ नुन बिक्री बन्द हुने अफवाहले ती दुबै प्रदेशमा हङ्गामा मच्चाएको हो । त्यसपछि मानिसहरुले एक हजार रुपैयाँसम्म हालेर नुन किनेका हुन् ।
नेपालमै २० रुपैयाँ किलो पर्ने नुन भारतमा शुक्रवार साँझदेखि ४०० देखि १००० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। शनिवारदेखि नुन बिक्रीमा प्रतिबन्ध लाग्ने अफवाहपछि मानिसहरु दोकानमा दौडेका हुन् ।