कास्की २७ कात्तिक । नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आजदेखि कास्कीको पोखरामा सुरु हुन लागेको छ ।महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४ सय प्रतिनिधिको सहभागिता रहने छ । महाधिवेशनको दिउँसो १ बजे उद्घाटन गरिने छ ।
तरुण दलमा हाल ६१ सदस्यीय कार्यसमिति रहे पनि नयाँ कार्यसमिति ७५ सदस्यीय बनाउने योजना छ । आगामी नयाँ नेतृत्वका लागि सर्वसम्मत बनाउने तयारी गरिएको छ ।