इन्द्रेणी संवाददाता
काठमाण्डौ, ४ जेठ । ब्यवस्थापिका संसदले संसद्को नियमावली परेको संसोधन प्रस्तावलाई प्रक्रियामा लैजाने भएको छ । संसोधनका लागि सत्ताधारी र विपक्षी दलले फरकफरक प्रस्ताव दर्ता गरेका छन् ।एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले लगायतका १२ सत्तारुढ दलले संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुनुपर्ने संशोधन प्रस्ताव संयुक्त रुपमा दर्ता गराएका छन् ।
सभामुख ओनसरी घर्ती भने अस्वस्थ हुनुहुन्छ । संविधानमा संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने उल्लेख भएपछि सत्तारुढ दलहरुले कांग्रेसमाथि संविधानको कार्यान्वयन गर्न नमानेको आरोप लगाउँदै आएका छन् ।।