बिराटनगर , २६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामुहिक निर्देशन दिनुभएको छ।
प्रधानमन्त्रीले थप्नभयो, प्रतिस्पर्धा गरौ। तर नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौ। समयमै गुणस्तरीय काम गर्ने आयोजना र कर्मचारीलाई पुरस्कृत हुनेछ। राम्रोका लागि प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकार गम्भीर छ।
प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानू सरकारको संकल्प रहेको भन्दै संविधान कार्यान्वयन नभएर देश राजनीतिक र संवैधानिक संकट आउन नदिन सरकार संवेदनशील रहेको बताउनुभयो। आजको युग विकासका लागि प्रतिस्पर्धाको युग भएको भन्दै नेपालमा पनि विकास र समृद्धिमा प्रतिस्पर्धा गर्नु अनिवार्य भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो।
कार्यक्रममा नेपाल सरकारका निमित्त मुख्य सचिव टंकमणि पौडेलले जनसेवालाई केन्द्रमा राखेर काम गर्न र विकास खर्चको सामर्थ्य बढाउने गरि काम गर्न निर्देशन दिनुभयो। कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणबारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो।