दाङ,४ जेठ। दाङमा एक वर्षको अवधिमा झण्डै ६ सय नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा ५ सय ८६ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिएको छ । नयाँ दर्ता भएका ५ सय ८६ सगै जिल्लामा उद्योगको संख्या ४ हजार २ सय ६० पुगेको कार्यालयले वताएको छ ।
कार्यालयका अनुसार हालसम्म दर्ता भएका उद्योगहरु मध्ये ५५ प्रतिशत उद्योगहरुले राम्रो व्यवसाय गरेका छन भने २० प्रतिशत उद्योगसंचालनमा रहेपनि सञ्तोषजनक ब्यबसाय गर्न सकेका छैनन । बाँकी २५ प्रतिशत उद्योगहरु सञ्चालनमा आउन नसकेको कार्यालयले जनाएको छ ।।