काठमाडौं, २६ कार्तिक । सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २ सय ८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ ।
त्यस्तै १३ मुद्दाको फछ्र्यौट भएको र बाँकी ९४ मुद्दा फछ्र्यौट सम्बन्धमा आवश्यक कारवाही भइरहेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।