इन्द्रेणी संवाददाता
रुकुम, ४ जेठ । व्यवस्थापिका संसद सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले रुकुम पुगेर द्धन्दवाट प्रभावित क्षेत्रमा गरिएका पुनर्निमाण र पुनस्थापनाको अवस्थावारे जानकारी लिन सुरु गरेको छ । टोलीले जिल्ला स्थित कार्यालय प्रमुख, राजनैतिक दलहरुसँग छलफल गरेको छ ।
टोली आज शान्ति मन्त्रालयवाट गरिएका पुनर्निर्माण र पुनस्र्थापना सम्वन्धि कार्यक्रमहरुको स्थलगत अवलोकन गर्न जिल्लाको खारा पुग्ने छ । टोलीमा सहभागी सांसद दलजित सिर्पालीका अनुसार समितिका सभापति तथा राप्रका नेपालका नेता शुशिलकुमार श्रेष्ठको नेतृत्वमा सांसदहरु अष्टलक्ष्मी शाक्य, केदारनन्दन चौधरी, झुलवहादुर आले र दुलारी हरिजन रुकुम पुग्नुभएको हो ।।