केशरमान बिसी
दाङ , २६ कार्तिक । भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका ५ सय र १ हजारका नोट प्रयोग बन्द गरेपछि भारतमा मजदुरी गर्ने दर्जनौं नेपाली झन् ठुलो पीडा तथा समस्यामा परेका छन् ।
भने कतिपय हजारौं भारतीय रुपैयाँ बोकेर नेपाल छिरिसकेका थिए । गत कार्तिक २३ गतेबाट भारतमा भारतीय १००० र ५०० का नोटहरु नचल्ने भएपछी भारतमा पसिना बगाएर फर्केका नेपालीहरुको कमाइ कागतको खोस्टो भएकोछ ।